चर्च ब्वाइजलाई स्तब्ध पार्दै जावलाखेल सेमिफाइनलमा प्रवेश
पाेखरा | फागुन ४, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।
जावलाखेलको जीतमा ४८ औं मिनेटमा धर्वेन्द्र कुँवरले पहिलो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निकोलस ओडानेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । र, ९० औं मिनेटमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए ।
यता चर्च ब्वाइज क्लबले भने जावलाखेलको दबाब मात्रै सहन पर्याे । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज क्वाटरफाइनलबाट बाहिरिन बाध्य बन्यो ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् ।
अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

